नियम २४
स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति र परिचालन
  (१) योजनाको प्रवद्र्धन गर्न तथा योजना सञ्चालनको क्रममा कोषलाई आवश्यक सहयोग उपलब्ध गराउन कोषले आवश्यकता अनुसार स्वयंसेवक वा सहयोगी संस्था नियुक्ति गर्नेछ ।
(२) स्वयंसेवक वा सहयोगी संस्थाको छनौट गर्दा योजना विकास गर्न सक्ने, स्थानीयस्तरमा परिचालन हुन सक्ने जस्ता विशेषतालाई आधार मानी स्थानीय व्यक्ति वा संस्थामध्येबाट छनौट गरिनेछ ।
(३) स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति करारमा तोकिएको सुविधा दिने गरी आवधिक समयको लागि गरिनेछ ।
(४) स्वंयसेवक वा सहयोगी संस्थाहरु कोष प्रति जवाफदेही हुनेछन् ।
(५) स्वंयसेवक वा सहयोगी संस्थाले कोषले दिएको निर्देशनको आधारमा आफ्नो कार्यसम्पादन गर्नु पर्नेछ ।
(६) स्वयंसेवक वा सहयोगी संस्थाको नियुक्ति तथा परिचालन समितिले
जारी गरेको कार्यविधि बमोजिम खुल्ला प्रतिस्पर्धाको आधारमा हुनेछ ।